ताजा जानकारी :
मानव स्वास्थ्यको रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्व अन्तर्गत पर्दछ। वातावरण एक वृहत् विषय हो जसले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा तिनीहरु बीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई जनाउँछ । वर्तमान सन्दर्भमा प्रमुख रुपमा रहेका वातावरणीय समस्याहरू वायुप्रदुषण, पानी र माटोको प्रदुषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानवसिर्जित वातावरणीय समस्या हुन् । यी समस्याहरूको समाधान मापदण्डसहित नियन्त्रण र नियमन गर्नु आवश्यक रहेको छ ।
नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अछुतो रहन सक्दैन । त्यसकारण, नेपालमा वातावरणीय समस्याहरू न्यूनीकरण गर्नको लागि वातवारणीय मापदण्डहरू लागू गर्न दबाब दिने र अनुगमन गर्ने एउटा आधिकारिक निकायको आवश्यकता बोध लामो समय अघिदेखि नै गरिदै आएको थियो । वातावरणीय व्यवस्थापनको अवधारणालाई स्थानीय स्तरसम्म पुरयाउने, नेपालको जलवायु परिवर्तनका कारण सिर्जित समस्याहरूलाई समाधान गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वय कायम गर्ने र वातावरणीय व्यवस्थापनको प्रभावकारी अनुगमन गर्ने जस्ता कार्यहरू सम्पादन गर्न विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल... थप पढ्नुहोस्