वातावरण विभागको कार्य विवरण

  • मन्त्रालयबाट सम्पादन हुने नीति तथा कानुनको तर्जुमा गर्दा आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने।
  • नीति, कानून तथा मापदण्डहरूको कार्यान्वयनको लागि योजना एवं कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमन एवं मूल्यांकन कार्य गर्ने।
  • कानुनद्वारा निर्दिष्ट अधिकारको कार्यान्वयन लगायत कानून उलङ्घन गर्नेलाई दण्ड एवं जरिवाना गराउन पहल कदम चाल्ने।
  • वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन एवं परीक्षण (Auditing) सम्बन्धी कार्य गर्ने।
  • वातावरणीय गुणस्तर पालना सम्बन्धी अनुगमन।
  • वातावरणीय सचेतता एवं जनचेतना अभिवृद्धि कार्यक्रम कार्यान्वयन।
  • वातावरणीय तथ्यांक एवं सूचना प्रणालीको विकास एवं सूचना सामग्रीको वितरण।
  • जलवायु परिवर्तन अनुकूलन, प्रभाव न्युनिकरणको, प्रविधि विकास, क्षमता अभिबृद्धि तथा प्रविधि हस्तान्तरण जस्ता मुख्य कार्यहरू।