वातावरण सम्बन्धी कानूनहरुको तर्जुमा गर्दा प्राविधिक सहयोक उपलब्ध गराउने।
वातावरणसँग सम्बन्धितकानून, नीति तथा मापदण्डहरुको कार्यान्वयनका लागु योजना एवम् कार्यक्रम तर्जुमा,कार्यान्वयन, अनुगमन, मूल्यांकन तथा परिक्षण गर्ने ।
कानूनद्वारा निर्दिष्ट अधिकारकोकार्यान्वयन लगायत कानून उल्लंघन गर्नेलाई दण्ड एवं जरिवाना गर्न पहल गर्ने ।
वातावरणीय तत्वहरु तथा वातावरणीय गुणस्तर पालना अनुगमन गर्ने ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनहरुकोकार्यान्वयन सम्बन्धमा अनुगमन, मूल्यांकन एवं परीक्षण गर्ने।
वातावरणमा प्रभाव पार्ने तत्वहरुको परीक्षण र प्रतिवेदन तयार गर्ने ।
वातावरणीय जनचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम संचालन गर्ने।
वातावरणीय तथ्यांक एवम् सूचना प्रणालीको विकास एवम् सूचना सामग्री वितरण।
वातावरणका क्षेत्रमा कार्य गर्न सरकारी, गैर सरकारी तथा निजी संस्थाहरुसँग सहकार्य गर्ने।
जलवायु परिवर्तन अनुकूलन, प्रभाव न्यूनीकरण,प्रविधि विकास क्षमता अभिवृद्धि जस्ता कार्य गर्ने।