NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व दशमी - १०

बारम्बार सोधिने प्रश्नहरू

वातावरणीय संरक्षण ऐन, २०७६ ले वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने प्रस्तावको कार्यान्वयन सुरु गरि सेवा वा वस्तु उत्पादन वा वितरण सुरु गरेको दुई वर्ष भुक्तान भएको मितिले ६ महिनाभित्र त्यस्तो प्रभावको कार्यान्वयनबाट वातावरणमा परेको प्रतिकूल प्रभाव, त्यस्ता प्रभावलाई कम गर्न अपनाएको उपाय तथा त्यस्तो उपायको प्रभावकारिता र न्यूनीकरण हुन नसकेको वा आँकलन नै नभएको प्रतिकूल प्रभाव उत्पन्न भएमा सो समेतको विश्लेषण गर्ने प्रक्रिया नै वातावरण परीक्षण हो।

राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भई कार्यान्वयन गरिने आयोजना, राष्ट्रिय गौरवका आयोजना, प्रचलित कानून बमोजिम सङ्घको अधिकार क्षेत्रभित्र पर्ने विषयसंग सम्बन्धित विकास निर्माण सम्बन्धी कार्य वा आयोजना, एकभन्दा बढी प्रदेशमा निर्माण कार्य गर्नुपर्ने आयोजना वा नेपाल सरकारले तोकेको कुनै आयोजना सम्बन्धी प्रस्तावको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण भए तोकिएको निकाय समक्ष र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन भए मन्त्रालय समक्ष, प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयसंग सम्बन्धित विकास निर्माण सम्बन्धी कार्य वा आयोजना सम्बन्धी प्रस्तावको हकमा सम्बन्धित प्रदेश कानूनले तोकेको निकाय समक्ष, स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने विषयसंग सम्बन्धित विकास निर्माण सम्बन्धी कार्य वा आयोजना सम्बन्धी प्रस्तावको हकमा संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन भए सम्बन्धीत स्थानीय कानूनले तोकेको निकाय समक्ष र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन भए प्रदेश कानूनले तोकेको प्रदेश सरकारको निकाय समक्ष पेश गर्नु पर्नेछ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी ‌औद्योगिक कच्चा पदार्थ वा अर्ध तयारी कच्चा पदार्थको रुपमा प्रयोग हुने प्लाष्टिक जन्य कच्चा पदार्थ बाहेक ४० (चालिस) माईक्रोन भन्दा पातलो व्लाष्टिकको झोला वा अन्य प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो ।

वातावरणीय व्यवस्थापन योजना वातावरणीय अध्ययन प्रक्रियाको मुख्य चरण हो जसले आयोजनाको गतिविधिबाट वातावरणमा पर्न सक्ने सम्भावित प्रभावहरु पहिचान गरेर न्यूनीकरणको अनुपालनमा मद्दत पु-याउँछ । EMP को प्राथमिक उद्देश्य परियोजना विकासको पूर्व निर्माण, निर्माण र निर्माण पछिको चरणहरूमा वातावरणीय अध्ययनमा निर्दिष्ट गरिएका सबै न्यूनीकरणका उपायहरू पूरा गर्नु हो।

वातावरणीय मापदण्डहरू वातावरणीय गुणस्तर मानकको रुपमा रहने रवातावरणीय स्वच्छताको सीमा हो, जसले वातावरणीय तत्वहरुको अधिकतम स्वीकार्य ह्रास निर्धारण गर्दछ। यो सामान्यतया सरकार द्वारा तय गरिन्छ र विशेष गतिविधिहरूको निषेध गरिएको हुन्छ।

वातावरणीय अनुगमन भन्नाले कुनै पनि गतिविधिले वातावरणमा पार्ने प्रभावको सही मापन गर्ने उद्देश्यले वातावरणलाई अवलोकन गर्ने र त्यसको गुणस्तरको पहिचान गर्नेप्रक्रियालाई जनाउँछ।वातावरणीय अनुगमनको व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ को दफा ३९ मा रहेको छ ।वातावरणीय अनुगमन तथा निरीक्षणको हकमा वातावरण विभागले कुनै आयोजनाको अनुगमन तथा निरीक्षण गर्दा प्रस्ताव स्वीकृत हुदाको बखतको वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेखित सीमाभन्दा बढी प्रभाव परेको देखिएमा त्यस्तो प्रभाव हटाउन वा हटाउने उपाय अवलम्वन गर्न सो आयोजनाको प्रस्तावकलाई निर्देशन दिनेछ र निर्देशनको पालना गर्नु सम्बन्धित प्रस्तावकको कर्तव्य हुनेछ।

कुनै पनि परियोजना सुरु गर्नु पूर्व सोको निर्माण तथा संचालनको चरणले वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव र त्यसको न्यूनीकरणको लागि अपनाउन सक्ने विभिन्न उपायहरूको विस्तृत अध्ययन नै वातावरणीय अध्ययन हो ।

वातावरण सम्बन्धी कानूनहरुको तर्जुमा गर्दा प्राविधिक सहयोक उपलब्ध गराउने। वातावरणसँग सम्बन्धितकानून, नीति तथा मापदण्डहरुको कार्यान्वयनका लागु योजना एवम् कार्यक्रम तर्जुमा,कार्यान्वयन, अनुगमन, मूल्यांकन तथा परिक्षण गर्ने । कानूनद्वारा निर्दिष्ट अधिकारकोकार्यान्वयन लगायत कानून उल्लंघन गर्नेलाई दण्ड एवं जरिवाना गर्न पहल गर्ने । वातावरणीय तत्वहरु तथा वातावरणीय गुणस्तर पालना अनुगमन गर्ने । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनहरुकोकार्यान्वयन सम्बन्धमा अनुगमन, मूल्यांकन एवं परीक्षण गर्ने। वातावरणमा प्रभाव पार्ने तत्वहरुको परीक्षण र प्रतिवेदन तयार गर्ने । वातावरणीय जनचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम संचालन गर्ने। वातावरणीय तथ्यांक एवम् सूचना प्रणालीको विकास एवम् सूचना सामग्री वितरण। वातावरणका क्षेत्रमा कार्य गर्न सरकारी, गैर सरकारी तथा निजी संस्थाहरुसँग सहकार्य गर्ने। जलवायु परिवर्तन अनुकूलन, प्रभाव न्यूनीकरण,प्रविधि विकास क्षमता अभिवृद्धि जस्ता कार्य गर्ने।

जर्नलको article को ढाँचा विभागको वेव साईटबाट download गर्न सकिन्छ।

प्रत्येक आर्थिक वर्षको सुरुवातमा वातावारण विभागले जर्नल सम्बन्धी सूचना प्रकाशित गर्ने गरेको छ, सोहि अनुरुप पाण्डुलिपी पठाउन सकिन्छ।

Journal of Environment Science एक वर्षमा एउटा अकं प्रकाशन हुन्छ।

हाल विभागमा Intership को व्यवस्था छैन।

सोध अनुसन्धान प्राप्त गर्न विभागले सूचना प्रकाशित गरिसके पछि अनुसन्धान प्रस्ताव पठाउनु पर्छ सो अनुसन्धान प्रस्ताव मूल्यांकन समितिले मूल्यांकन गरि छनौट भए पश्चात वातावारण विभागको website मा नामावली प्रकाशन गरिन्छ।

विद्यार्थीको सोधअनुसन्धानको लागि रकम प्रत्येक वर्ष फरक फरक रहन्छ।

वातावरण संरक्षण ऐन २०७६ को दफा 35 बमोजिम कारवाही हुन्छ।

वातावरण संरक्षण नियमावली २०७७ को अनुसूची १,२ र ३ ले तोके बमोजिम।

कुनै पनि उद्योग/प्रतिष्ठान वा आयोजना सम्बन्धी प्रस्तावको कार्यान्वयन गर्दा सो उद्योग वा आयोजना ले वातावरणमा उल्लेखनीय प्रतिकूलप्रभाव पार्ने वा नपार्ने सम्बन्धमा यकिन गर्नुका साथै त्यस्तो प्रभावलाई कुनै उपायद्वारा निराकरण वा न्यूनीकरण गर्नका लागि अवलम्बन गरिने उपायको सम्बन्धमा प्रस्तावक (proponent)ले तयार गर्ने विश्लेषणात्मक अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन भन्नेसम्झनु पर्दछ।यसलाई BES, IEE रEIA भनिन्छ ।

आयोजनाहरुले हरेक छ-छ महिनामा गर्नुपर्ने स्वः अनुगमन प्रतिवेदनको ढांचा विभागको website मा गई डाउनलोडबाट डाउनलोड गर्न सकिन्छ ।

वातावरण संरक्षण नियमावली२०७७ को दफा ४५ मा उल्लेख भए बमोजिम प्रस्तावकले प्रस्तावको निर्माण तथा सञ्चालन गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावको विषयमा प्रत्येक छ महिनामा स्वः अनुगमन गरी सो को प्रतिवेदन सम्वन्धित निकाय वा वातावरण विभागमा पेश गर्ने कानुनी ब्यवस्था रहेको छ ।

उजुरीकर्ताहरुले वातावरणीय प्रदूषण सम्बन्धी उजुरी गर्दा सो सम्बन्धित आवश्यक कागजात तथा सूचनाहरु सहित वातावरण विभागमा निवेदन दिनुपर्छ । सो को कारबाही उजुरी दर्ता भएको मितिले ३० दिन भित्र हुनेछ ।

वातावरण विभागको website मा ऐन तथा नियम भित्र वातावरणीय मापदण्डहरुको संगालो पुस्तक डाउनलोड गरी पढ्न सकिन्छ ।

नेपालमा वायु गुणस्तर सम्बन्धी निम्न लिखित मापदण्डहरु उपलब्ध छन् ईंटा उद्योगबाट निष्काशन हुने धुवाँ र चिम्नीको उचाइसम्बन्धी मापदण्ड सिमेन्ट र क्रसर उद्योगबाट निष्काशन भई हावामा जाने धुलोसम्बन्धी मापदण्ड इन्सिनिरेटर संचालनबाट निष्काशन हुने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड डिजेल जेनेरेटरबाट निष्कासन भई हावामा जाने धुवाँको लागि उत्सर्जन सीमा औद्योगिक ब्वाइलरको संचालनबाट निष्काशन हुने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९

सन् २०१६ देखि २०२१ सम्मको वायु गुणस्तर सम्बन्धि प्रतिवेदन वातावरण विभागको website:www.doenv.gov.np को प्रकाशन section बाट पढ्न तथा डाउनलोड गर्न सकिन्छ।

वायु गुणस्तरको तथ्याङ्क pollution.gov.np मा हेर्न सकिन्छ । यस website बाट पछिल्लो सात दिन सम्मको तथ्याङ्क हेर्न सकिन्छ ।

हालसम्म यस विभागबाट देशका विभिन्न स्थानहरुमा गरी जम्मा २७ वटा वायु गुणस्तर केन्द्रहरु सञ्चालनमा ल्याएका छन् ।

AQI दैनिक हावाको गुणस्तर रिपोर्ट गर्ने सूचकांक हो। यसले हावा कति सफा वा प्रदूषित छ त्यस हावा सगँ सम्बन्धित स्वास्थ्य प्रभावहरू के हुन सक्छ भनेर बताउँछ। AQI ले प्रदूषित हावामा सास फेरेको केही घण्टा वा दिन भित्र अनुभव गर्न सक्ने स्वास्थ्य प्रभावहरूमा केन्द्रित हुन्छ। नेपालले तीन प्रमुख वायु प्रदूषकहरूको लागि AQI गणना गर्दछ: O3 (भू-स्तर ओजन), PM2.5 PM10. नेपाल सरकारले तोकेकोAQI समूह हरु यस प्रकार रहेका छन ए.क्यु.आई.को भ्यालु सुरक्षा चासोको तह रङ्ग ० देखी ५० राम्रो हरियो ५० देखी १०० औसत पहेलो १०१ देखी १५० संवेदनशील समूहका लागिअस्वस्थकर सुन्तला १५१ देखी २०० अस्वस्थकर रातो २०१ देखी ३०० धेरै अस्वस्थकर बैजनी ३०१ देखी ४०० खतरनाक मरुन ४०१ देखी ५०० धेरै खतरनाक मरुन

यि कणहरु विभिन्न साइज र आकारका हुन्छन्।साथै एउटै कणमा सयौ रसायनहरु हुन सक्दछन्। यि कणहरु कुनै यिनिहरुका स्रोतहरुबाट प्रत्यक्ष हावामा आउछन् भने कुनै कुनै वायुमण्डलमा भएका विभिन्न रसायनहरुको प्रतिक्रियाबाट उत्पन्न हुन्छन्।

PM2.5, PM10 र TSP को लागि नेपाल सरकारले २४ घण्टाको औसतको मापदण्ड क्रमश ४०, १२० र २३० माईक्रोग्राम प्रति घनमिटर तोकेको छ।

हावामा रहेका सम्पूर्ण धुलोका कणहरुको मात्रा नै TSP हो।

साधारणतया १० माइक्रोमिटर र त्यसभन्दा सानो व्यास भएको धुलाका कणहरुलाई पी एम१० भनिन्छ । https://www.epa.gov/pm-pollution/particulate-matter-pm-basics#PM

साधारणतया २.५ माइक्रोमिटर र त्यसभन्दा सानो व्यास भएको धुलाका कणहरुलाई पी एम२.५ भनिन्छ ।सामान्य मानिसको कपालको रौंको व्यास ७० माइक्रोमिटर हुन्छ। यसरी यस समूहमा पर्ने सबैभन्दा ठुला कणहरुको व्यास भन्दा कपालको रौको व्यास ३०गुणा ठुलो हुन्छ। यस्ता कणहरु निकै साना हुने भएकोले सजिलै सँग हाम्रो फोक्सोसम्म पुग्न सक्छन भने धेरै मसिना कणहरु फोक्सो बाट रगतमा प्रवेश गरी शरिरका विभिन्न अंगमा प्रवेश गर्दछन। https://www.epa.gov/pm-pollution/particulate-matter-pm-basics#PM

पि.एम.भनेको हावामा पाइने ठोस कण र तरल थोपाहरूको मिश्रण हो। धुलो, फोहोर वा धुवाँ जस्ता केही कणहरू नाङ्गो आँखाले देख्न सकिने हुन्छन् भने केहीलाई केवल इलेक्ट्रोन माइक्रोस्कोप प्रयोगमा देख्न सकिन्छ।https://www.epa.gov/pm-pollution/particulate-matter-pm-basics#PM

“संक्षिप्त वातावरणीय अध्ययन” भन्नाले कुनै प्रस्तावको कायानन्वयन गर्दा त्यसबाट वातावरणमा पर्ने प्रतिकूल प्रभाव निराकरण वा न्यूनीकरण गर्नको लागि अवलम्बन गरिने उपायको सम्बन्धमा संक्षिप्त रुपमा गरिने अध्ययन सम्झनुपर्छ।

“वातावरणीय प्रभाव मूल्याङ्कन” भन्नाले कुनै प्रस्तावको कार्यान्वयन गर्दा सो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने सम्बन्धमा यकिन गर्नुको साथै त्यस्तो प्रभावलाई कुनै उपायद्वारा निराकरण वा न्यूनीकरण गर्नका लागि अवलम्बन गरिने उपायको सम्बन्धमा विस्तृतरुपमा गरिने अध्ययन तथा मूल्याङ्कन सम्झनुपर्छ।

“पूरक वातावरणीय प्रभाव मूल्याङ्कन” भन्नाले एकपटक स्वीकृत भैसकेको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रस्तावमा आंशिकरुपमा भौतिकपूर्वाधार, डिजाईन वा स्वरुपपरिमार्जन गर्न, संरचना स्थानान्तरण वा फेरबदल गर्न, वनक्षेत्र थप गर्न वा आयोजनाको क्षमतावृद्धि गर्नको लागि पेश भएको प्रस्ताव उपर पुनः गरिने वातावरणीय प्रभावमूल्याङ्कन सम्झनुपर्छ।

“प्रारम्भिक वातावरणीय परीक्षण” भन्नाले कुनै प्रस्तावको कार्यान्वयन गर्दा सो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने सम्बन्धमा यकिन गर्नुका साथै त्यस्तो प्रभावलाई कुनै उपायद्वारा निराकरण वा न्यूनीकरण गर्नका लागि अवलम्बन गरिने उपायको सम्बन्धमा विश्लेषणात्मकरुपमा गरिने अध्ययन तथा मूल्याङ्कन सम्झनुपर्छ।

वायु प्रदूषणका मुख्य असरहरु निम्न क्षेत्रमा देख्न सकिन्छ. मानव स्वास्थयमा असरः वायु प्रदूषणका कारण बिशेषत श्वास प्रश्वास सम्बन्धी रोगहरुमा बढोत्तरी भएको पाइन्छ। विश्व स्वासथ्य संगठनका अनुसार प्रत्येक बर्ष विश्वव्यापी रुपमा करिब ७० लाख मानिसको अकालमा ज्यान जाने गरेको छ भने नेपालमा प्रत्येक वर्ष करिब ४० हजार मानिसले ज्यान गुमाउने गरेका छन। अर्थतन्त्रमा असरः वायु प्रदूषणका कारण कृषि उत्पादनमा ह्रास आउने , पर्यटन क्षेत्रमा ह्रास आउने जस्ता कारण अर्थतन्त्रमा समेत असर पु-याईरहेको हुन्छ। समग्र पर्यावरणमा असरः वायु प्रदूषणले मानिसलाई मात्र नभई जंगली जनावरहरु , विभिन्न बोटविरूवा लगायत समग्र पर्यावरणमा नै नकारात्मक असर पु-याईरहेको हुन्छ।

वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पु-याउने वस्तुहरु तोकिएको सीमा भन्दा बढि मात्रामा मिसिनु नै वायु प्रदूषण हो। वायु प्रदूषण मानवीय क्रियाकलाप र प्राकृतिक दुवै कारणले हुन सक्दछ। सवारीका साधन, उद्योग कलकारखाना, फोहोर जलाउने कार्य, कृषिजन्यवस्तुहरु जस्तैः पराल जलाउने कार्यहरु, वन डढेलो, मरुभूमीबाट हावाले उडाउने धुलो आदि वायु प्रदूषणका स्रोतहरु हुन्।

“प्रदूषण” भन्नाले फोहरमैला, रसायन, ताप, ध्वनी, विद्युतीय, विद्युत-चुम्बकीय वा रेडियोधमी विकिरणका कारण वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्षरुपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पु-याउने वावातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानी पु-याउने कार्य सम्झनुपर्छ।

“वातावरण” भन्नाले प्राकतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप, यिनका अवयवहरु तथा ती अवयवहरुको बीचको अन्तरक्रिया तथा अन्तरसम्बन्ध बुझिन्छ।