“वातावरण” भन्नाले प्राकतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप, यिनका अवयवहरु तथा ती अवयवहरुको बीचको अन्तरक्रिया तथा अन्तरसम्बन्ध बुझिन्छ।
“प्रदूषण” भन्नाले फोहरमैला, रसायन, ताप, ध्वनी, विद्युतीय, विद्युत-चुम्बकीय वा रेडियोधमी विकिरणका कारण वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्षरुपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पु-याउने वावातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानीपु-याउने कार्य सम्झनुपर्छ।
वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पु-याउने वस्तुहरु तोकिउको सीमा भन्दा बढि मात्रामा मिसिनु नै वायु प्रदूषण हो। वायु प्रदूषण मानवीय क्रियाकलाप र प्राकृतिक दुवै कारणले हुन सक्दछ। सवारीका साधन, उद्योग कलकारखाना, फोहोर जलाउने कार्य, कृषिजन्यवस्तुहरु जस्तैः पराल जलाउने कार्यहरु, वन डढेलो, मरुभूमीबाट हावाले उडाउने धुलो आदि वायु प्रदूषणका स्रोतहरु हुन्।
वायु प्रदूषणका मुख्य असरहरु निम्न क्षेत्रमा देख्न सकिन्छ.