नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

वातावरण विभाग

मुख्य उद्देश्य

समष्टिगत लक्ष्यः
 
  • वातावरणीय नीति, नियमसम्बन्धी संयन्त्रको सबलीकरण र संस्थागत क्षमता विकास गर्ने।
  • जनस्तरमा वातावरणीय सचेतना जगाउने ।
  • सबै किसिमका वातावरणीय प्रदुषण रोकथाम गर्ने ।
  • वातावरण व्यवस्थापनमा परिपालना अनुगमन (Compilance Monitoring) लाई प्रभावकारी तुल्याउने ।
  • प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्ने ।
  • जलवायु परिवर्तनका जोखिमबाट बच्न न्यूनीकरण, अनुकुलन तथा समयानुकुल क्षमता अभिवृद्धि गर्ने ।
  • वातावरण संरक्षण एवं प्रदुषण नियन्त्रणको लागि स्थानीयस्तरमा योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयनमा जोड दिने ।

कार्यनीतिक लक्ष्यहरुः

  • वातावरणसम्बन्धी कानुनहरुको तर्जुमा गर्दा प्राविधिक सहयोग उपलब्ध गराउने ।
  • वातावरणसँग सम्बन्धित कानुन, नीति तथा मापदण्डहरुको कार्यान्वयनका लागि योजना एवम् कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन तथा परीक्षण गर्ने ।
  • कानुनद्धारा निर्दिष्ट अधिकारको कार्यान्वयनलगायत कानुन उल्लंघन गर्नेलाई दण्ड एवम् जरिवाना गर्न पहल गर्ने ।
  • वातावरणीय तत्वहरु तथा वातावरणीय गुणस्तर पालना अनुगमन गर्ने ।
  • वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनहरुको कार्यान्वयन सम्बन्धमा अनुगमन, मूल्याङ्कन एवम् परीक्षण गर्ने ।
  • वातावरण प्रभाव पार्ने तत्वहरुको परीक्षण र प्रतिवेदन तयार गर्ने ।
  • वातावरणीय सचेतना एवम् जनचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
  • वातावरणीय तथ्याङ्क एवम् सूचना प्रणालीको विकास एवम् सूचना सामग्रीको वितरण ।
  • वातावरणका क्षेत्रमा कार्य गर्ने सरकारी, गैरसरकारी तथा निजी संस्थाहरुसँग सहकार्य गर्ने।